Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

संसद् अवरुद्ध भएको दिनको तलब भत्ता नलिने रास्वपाको घोषणा

संसद् अवरुद्ध भएको दिनको तलब भत्ता नलिने रास्वपाको घोषणा

  • शुक्रवार, श्रावण २६ २०८०

  • 618
    SHARES

  • संसद् अवरुद्ध भएको दिनको तलब भत्ता नलिने रास्वपाको घोषणा
    काठमाडौं । संघीय संसद्‌को प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले सदन अवरोधको समयको सुविधा नलिने भएको छ । रास्वपा संसदीय दलका नेता रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा पार्टीले नलिने जानकारी गराउनुभएको छ ।
     
    “पुनश्चः राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा हाम्रो पार्टीले नलिने सम्माननीय सभामुखमार्फत प्रतिबद्धता जाहेर गर्दछ,” सभामुखलाई बुझाएको पत्रमा भनिएको छ, “साथै, हालसम्ममा हामीले पाएको भए पनि त्यसको उपयुक्त मिलान गरिदिने व्यवस्थाका लागि समेत हार्दिक अनुरोध गर्दछ ।”
     
    १ क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय समिति गठनको माग गरिरहेको र सरकारले अस्वीकार गरिरहेको अवस्थाकाबीच विगत लामो समयदेखि संसद्‌ अवरुद्ध भइरहेको रास्वपाले उल्लेख गरेको छ। संसद् अवरुद्ध भइरहँदा जनताका मुद्दा, राष्ट्रमाथि परेका सङ्कटहरूका विषयमा सदनमा करा राख्न नपाउँदा सांसदहरूको सार्वभौम अधिकार हनन हुन पुगेको रास्वपाले उल्लेख गरेको छ। 
     
    रास्वपाका सांसदले संसद्‌को जारी अधिवेशन नियमित गर्न आवश्यक पर्ने पहलकदमी लिन र  सबै जिम्मेवार राजनीतिक पार्टीहरूलाई यसतर्फ सजग गराइदिन पनि सभामुखको ध्यानाकर्षण गराएका छन्। 


    शुक्रवार, श्रावण २६ २०८००२:५३:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij