काठमाडौं । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा अहिले पत्रकार सम्मेलन भइरहेको छ । जहाँ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सम्बोधन गर्नुभएको छ ।
पत्रकार सम्मेलनमा घिसिङ बोलिरहेकै बेला झ्याप झ्याप बिजुली गएको थियो । सुरुमा २ मिनेट बिजुली जाँदा हलमा गुञ्जायमान भयो । सोही क्रममा घिसिङले पत्रकारहरुलाई आश्वस्त पार्दै भन्नुभयो, ‘सिस्टममा डिस्ट्रब भएको रहेछ, एकछिनमा आउँछ ।’ नभन्दै बिजुली आयो । बिजुली आएको केही समयपछि नै फेरि बिजुली गयो ।
कुलमानले पत्रकार सम्मेलनलाई जारी राख्दै भन्नुभयो, ‘प्रसारणलाइनमा गडबड भएर यो लाइन गएको हो।’ केही बेरमा फेरि लाइन आएको छ । पत्रकार सम्मेलन जारी छ ।