Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुनसरीमा ६ वर्षीया बालिकासहित थप ६१ जनामा कोरोना संक्रमण पुष्टि

सुनसरीमा ६ वर्षीया बालिकासहित थप ६१ जनामा कोरोना संक्रमण पुष्टि

  • शनिवार, आश्विन १७ २०७७

  • 1.1K
    SHARES

  • सुनसरीमा ६ वर्षीया बालिकासहित थप ६१ जनामा कोरोना संक्रमण पुष्टि

    सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाका ६ वर्षीया बालिकासहित थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    हिजो बेलुका आएको रिपोर्ट अनुसार उपमहानगरपालिकाका ७ कर्मचारीसहित ६१ जनामा कोरोना भएको उपमहानगरका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिनुुभयो ।

    संक्रमितहरूमध्ये उपमहानगरपालिकामा कार्यरत ईञ्जिनियर, आर्थिक विकास माहाशाखा, कृषि शाखा लगायतका ७ जना कर्मचारी रहेका छन्।
    वडा नम्बर २ र १२ का जनप्रतिनिधिमा पनि संक्रमण पुष्टि भएको छ ।

    संक्रमितमध्ये ३६ पुरूष र २५ महिला छन् । ६१ संक्रमित थपिएसँगै उनीहरूको सम्पर्कमा रहेकाहरूको आज ट्रेसिङ गरिन लागिएको छ ।


    शनिवार, आश्विन १७ २०७७०८:२३:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij