Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सरकारको अकर्मण्यताका कारण संसद् खुल्न सकेन : पदम गिरी

सरकारको अकर्मण्यताका कारण संसद् खुल्न सकेन : पदम गिरी

  • मंगलवार, श्रावण २३ २०८०

  • 563
    SHARES

  • सरकारको अकर्मण्यताका कारण संसद् खुल्न सकेन :  पदम गिरी

    काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारको अकर्मण्यताका कारण संसद् खुल्न नसकेको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व मन्त्रीसमेत रहनुभएका गिरीले आफूहरु संसद्लाई बन्धक बनाउने पक्षमा नरहेको तर सरकारको अकर्मण्यताका कारण यो अवस्था सिर्जना भएको तर्क गर्नुभयो ।

    क्लिन्टलका क्विन्टल सुन तस्करी भइरहँदा तस्करहरुको जालो तोड्ने उपाय र विकल्प सरकारले नसोचेको र जसोतसो केही भरियालाई लगेर थुन्ने, बाँकीलाई उन्मुक्ति दिने षडयन्त्र भइरहेकाले उच्चस्तरीय छानबिन समितिको माग उठाएको उहाँले स्पष्ट पार्नुभएको छ ।

    उच्चस्तरीय छानबिन समिति बन्दा मन्त्री, प्रधानमन्त्रीदेखि उच्चपदस्थ व्यक्तिहरु तानिने भएकाले सत्तापक्ष डराइरहेको समेतक गिरीको आरोप रहेको छ ।

    सीआईबी र राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानलाई असहयोग नभएर सुन तस्करीको शिरदेखि पुच्छर अनि टुप्पीदेखि पैतालासम्म छानबिन गर्नुपर्ने मागमा आफूहरु अडान रहेको पनि सचेतक गीरीको भनाइ छ ।

    यस्तै उहाँले देशका ठूलठूला नेताहरुको शयनकक्षदेखि भान्सासम्म तस्करहरु पुगिरहेको पनि आरोप लगाउनुभयो ।


    मंगलवार, श्रावण २३ २०८००९:३४:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij