Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा ३.२१ अंकको गिरावट, कारोबार रकम बढ्यो

सेयर बजारमा ३.२१ अंकको गिरावट, कारोबार रकम बढ्यो

  • सोमवार, श्रावण २२ २०८०

  • 559
    SHARES

  • सेयर बजारमा ३.२१ अंकको गिरावट, कारोबार रकम बढ्यो
    काठमाडौं । सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । नेप्से सोमबार(आज)  ३.२१ अंकले गिरावट हुँदा २०४८.२६ को विन्दुमा बन्द भएको छ ।
     
    आज नेप्सेमा बैंकिङ, हाइड्रोपावर, अन्य र लगानी बाहेकको ९ वटा सूचक बढेको छ । बजारलाई लिड गर्ने बैंकिङ उपसूचक घट्दा अधिकांश उपसूचक बढेपनि नेप्सेमा गिरावट भएको हो ।
     
    वाणिज्य बैंकको खराब वित्तीय विवरणले वाणिज्य बैङ्कहरूको बैंकिङ उपसूचकमा गिरावट भएको हो । बैंकिङ उपसूचक सर्वाधिक ०.९४ प्रतिशतले गिरावट हुँदा अन्य उपसूचक ०.३६ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.३३ प्रतिशतले गिरावट भएको छ । वित्त कम्पनी उपसूचक १.६५ प्रतिशतले वृद्धि हुँदा विकास बैंक र होटेल तथा पर्यटन उपसूचक१.४१ प्रतिशतले वृद्धि भएको छ ।
     
    नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने केही सुधार भएको छ । नेप्सेमा सूचीकृत भएर हिजो मात्रै कारोबार सुरु भएको आईएमई लाइफ र नेपाल रिपब्लिक मिडियाको सेयर कारोबार उच्च हुँदा नेप्सेमा कारोबार बढेको छ । आज १ लाख १ हजार २३६ वटा कारोबारमा ६६ लाख ४७ हजार १४३ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा २ अर्ब ३३ करोड ३६ लाखको कारोबार भएको छ ।
     
    जसमध्ये आईएमई लाइफको सर्वाधिक ४३ करोड ६४ लाख र नेपाल रिपब्लिक मिडियाको ८ करोड २५ लाख १९ हजारको कारोबार भएको छ । नयाँ सूचीकृत कम्पनीको सेयर बिक्रीको चाप बढेसँगै यी कम्पनीको उच्च कारोबार भएको छ भने नेप्सेमा कुल कारोबार संख्या पनि बढेको छ । यस्तै सोल्टी होटेलको सेयर पनि ७ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ ।
     
    आज नेप्सेमा कुल २२४ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा ११६ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै १०० कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ८ कम्पनीको स्थिर छ । नेप्सेमा सूचीकृत भएर आइतबार कारोबार सुरु भएको नेपाल रिपब्लिक मिडियाको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा गोर्खाज फाइनान्सको सेयरमूल्य ९.७४ प्रतिशतले बढेको छ । त्यस्तै स्वाभिमान लघुवित्तको सेयरमूल्य ५.२५ प्रतिशतले बढेको छ ।
     
    छ्याङदी हाइड्रोपावरको सेयरमूल्य ६.४५ प्रतिशतले गिरावट हुँदा, पिपुल्स पावर कम्पनीको सेयरमूल्य ४.६२ प्रतिशत र विजय लघुवित्तको सेयरमूल्य ४.४८ प्रतिशतले गिरावट भएको छ ।
     


    सोमवार, श्रावण २२ २०८००४:३१:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij