Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

राष्ट्र बैंकद्वारा तीनवटा वाणिज्य बैंकलाई कारबाही

राष्ट्र बैंकद्वारा तीनवटा वाणिज्य बैंकलाई कारबाही

  • सोमवार, श्रावण २२ २०८०

  • 1.4K
    SHARES

  • राष्ट्र बैंकद्वारा तीनवटा वाणिज्य बैंकलाई कारबाही
    काठमाडौं । नेपाल राष्ट्र बैंकले तीनवटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासमा नियामकीय व्यवस्था उलङ्‍घन गर्ने वाणिज्य बैंकलाई कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।
     
    राष्ट्र बैंकले तोकेको ९० प्रतिशत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम नगर्दा कुमारी बैंक र हिमालयन बैंकलाई नगद जरिवाना सहित कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।
    कुमारी बैंकले गत आर्थिक वर्षको माघमा सीडी रेसियो नपुर्‍याउँदा राष्ट्र बैंकले ५९ लाख ६३ हजार ६९४ रुपैयाँ नगद जरिवाना गराएको छ ।
     
    यस्तै हिमालयन बैंकले पनि लागत आर्थिक वर्षको कात्तिकमा सीडी रेसियो नपुर्‍याउँदा १ करोड ३९ लाख ४७ हजार २८ रुपैयाँ नगद जरिवाना गराएको छ ।
     
    यता प्राइम कमर्सियल बैंकलाई भने राष्ट्र बैंकले सचेत गराएर छोडेको छ । बैंकले संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन २०७९ को निर्देशन नं.२ बमोजिम कायम गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था कायम नगरेको राष्ट्र बैंक्ले जनाएको छ ।
     
    यस्तै प्राइम बैंकले ‘क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५’ अनुसार जोखिम भरित सम्पत्ति गणना गर्दा वास्तविक भन्दा कम गरेको राष्ट्र बैंकले जनाएको छ ।
     
    त्यस्तै राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन विपरीत प्रिमियम दर बढाई ब्याज असुल गरेकोले बैंकलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को व्यवस्था अनुसार बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

    यस्तो छ कारबाही विवरणः

    prime-comercial 1.jpgkumari-and-himalaya.jpg

     

     


    सोमवार, श्रावण २२ २०८००३:२८:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij