Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

‘एमसीसी कार्यान्वयन गर्न अमेरिकाबाट दबाब बढिरहेको छ’

‘एमसीसी कार्यान्वयन गर्न अमेरिकाबाट दबाब बढिरहेको छ’

  • आइतवार, श्रावण २१ २०८०

  • 432
    SHARES

  • ‘एमसीसी कार्यान्वयन गर्न अमेरिकाबाट दबाब बढिरहेको छ’

    काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा एसका सम्मानित नेता झलनाथ खनालले एमसीसी परियोजना कार्यान्वयन गर्न अमेरिकीहरूले दबाब दिइरहेको बताउनु भएको छ।

    आज पार्टीको जारी स्थायी कमिटी बैठकमा १६ पेजको लिखित दस्तावेज प्रस्तुत गर्दै नेता खनालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)कार्यान्वयनमा अमेरिकाले दबाब दिइरहेको र लागू भए राष्ट्रलाई दुरगामी प्रभाव पार्ने बताउनु भयो ।

    उहाँले भन्नुभयो,’यही २०२३ अगस्ताट अमेरिकनहरू एमसीसी लागू गर्दैछन्। डोनाल्ड लूले अस्ति अर्भर आएर सबै नेताहरूलाई खबरदार लागू नगरेमा भनेर औंला ठड्याएर गइसकेको छ।’

    उहाँले एमसीसी सम्झौतामा पार्टीले सहयोग गरेर नेपाल र नेपालीको स्वाभीमानमा सदाका निम्ति कलंक लगाउने काम गरेको आरोप लगाउनुभयो।एमसीसीबारे शीर्ष राजनीतिक पार्टीहरूले पनि व्याख्यात्मक घोषणा नगरेको उहाँको भनाइ छ।

    उहाँले तयार पारेको दस्तावेजमा उल्लेख गरिएको छ,’यति लामो समयसम्म न अमेरिकाले न नेपाली कांग्रेसले न माओवादी पार्टीले न कसैले त्यो व्याख्यात्मक घोषणा बारेमा चर्चा गरेका छन्।सबैले त्यसलाई बिर्सिदै गएका छन्। त्यस संझौतामा दर्जनौं अपमानजनक शर्तहरू छन्,’दस्तावेज थप भनिएको छ,कमसेकम कथित व्याख्यात्मक घोषणामा भएका १२ हुँदा मात्र सच्चिए पनि सकारात्मक कुरा नै हुने थियो। तर यति गंभीर राष्ट्रिय सवालमा कसैले मतलब राखेका देखिदैन ।’

    एमसीसी लागू भए संघर्ष र प्रतिरोधका नयाँ झिल्काहरु देखा पर्न सक्ने उहाँले आशंका व्यक्त गर्नुभयो। उहाँले सम्मानपूर्ण ढंगले अमेरिकाले ५५ अर्ब डलर दिए स्वीकार्ने बताउनु भयो । तर एमसीसी संझौतामा अमेरिकाले अघि सारेका विषयवस्तुहरू आफूलाई स्वीकार्य नहुने उहाँको भनाइ छ।


    आइतवार, श्रावण २१ २०८००२:५३:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij