Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

आज एमालेले संसद्‌मा के गर्छ? यस्तो छ पदम गिरीको जवाफ !

आज एमालेले संसद्‌मा के गर्छ? यस्तो छ पदम गिरीको जवाफ !

  • सोमवार, श्रावण १५ २०८०

  • 752
    SHARES

  • आज एमालेले संसद्‌मा के गर्छ?  यस्तो छ पदम गिरीको जवाफ !
    काठमाडौं । प्रतिनिधिसभामा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सुन तस्करीबारे उच्चस्तरीय छानबिन समिति गठन नगरे संसदीय कामकारबाही अघि बढ्न नदिने बताउनुभएको छ । उच्चस्तरीय समितिबाट गहन अध्ययन गर्न सरकार तयार भयो भने मात्र सदन अघि बढ्ने उहाँले दाबी गर्नुभयो ।
     
    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै गिरीले भन्नुभयो, ‘इलेक्ट्रिक सिगरेटको नाममा सुन ल्याएका चिनियाँ व्यापारीसँग माओवादी नेता कृष्णबहादुर महराको १९५ पटक फोन सम्पर्क भएको देखियो । त्यो सुन बाहिर निकाल्न भन्सार अधिकृतसँग पनि सम्पर्क भएको देखियो । उनका छोराले त्यो सामान लिलामीमा लैजान प्रयास गरे । तर सीआईबीले महरासँग एकपटक पनि सोधपुछ गरेन । के त्यो सुन सबै कर्मचारी र भरियाले ल्याएका हुन् ? त्यसैले हामीले उच्चस्तरीय समितिबाट गहन अध्ययन हुनुपर्छ भनेका हौं । सरकार त्यसमा तयार भयो भने सदन अघि बढ्छ, नत्र बढ्दैन ।’ 
     
    प्रमुख सचेतक गिरीले यति ठूलो काण्डमा हल्काफुल्का छानबिन गर्न नमिल्ने पनि बताउनुभयो । दुई अढाई महिनाको बीचमा भन्सार र राजस्वको रेकर्ड अनुसार रेडी ट्रेडर्सबाट ३३ पटकसम्म सामान देखिएको बताउँदै उहाँले  भन्नुभयो, ‘आज सुन तस्करी भयो, भोलि हतियार, अफिमको तस्करी नहोला भन्न कसरी सकिन्छ ? अन्तर्राष्ट्रिय समुदायमा नेपालको बदनाम भएको छ, नेपालीको शिर निहुरिएको छ । यो सामान्य कुरा होइन । यसमा को को दोषी छन्, यसको नेक्सस कहाँसम्म छ भन्ने थाहा पाउन पनि उच्चस्तरीय छानबिन समिति गठनको विकल्प छैन ।’
     
    एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा नमागेको पनि स्पष्ट पार्नुभयो । उहाँले सुन तस्करीमा उहाँहरूको संलग्नता छैन भन्न नसकिने हुँदा राजनीतिमा जिम्मेवारी र नैतिकताको ख्याल छ भने राजीनामा दिनुपर्ने औंल्याउनुभयो । 
     


    सोमवार, श्रावण १५ २०८००८:५४:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij