काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन १५ सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ ।
आज अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ३० पैसा र बिक्री दर १३१ रुपैयाँ ९० पैसा रहेको छ । युरो १ को खरिद दर १४४ रुपैयाँ ६४ पैसा र बिक्री दर १४५ रुपैयाँ ३१ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ७४ पैसा र बिक्री दर १६९ रुपैयाँ ५१ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ३१ पैसा र बिक्री दर ८७ रुपैयाँ ७१ पैसा रहेको छ । कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ०४ पैसा र बिक्री दर ३६ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।