एजेन्सी । कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप प्रयोगमा आइहाले पनि त्यसको प्रभाव देखिन कम्तिमा ६ महिना लाग्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।
कोरोना महामारीको एकमात्र विकल्पका रुपमा खोपलाई लिइरहँदा नेतृत्वदायी वैज्ञानिकहरुको समूहले खोपको प्रभावकारी प्रयोगमा आएको कम्तीमा ६ महिनाअघि जनजीवन सामान्य नहुने चेतावनी दिएको हो ।
दुई सयभन्दा बढी खोप निर्माणको चरणमा रहेको तथा ४० भन्दा बढी खोप परीक्षणको विभिन्न चरणमा रहेकाले छिट्टै महामारी नियन्त्रणमा सफलता मिल्ने विश्व स्वास्थ्य संगठनले जनाउँदै आएको छ ।
तर, खोप आउँदैमा महामारीको सबै समस्या समाधान नहुने रोयल सोसाइटीअन्तर्गतको डेल्भ इनिसिएटिभका विभिन्न क्षेत्रका वैज्ञानिकले गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।