Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणबाट नेपालमा थप तीन जनाको मृत्यु

कोरोना संक्रमणबाट नेपालमा थप तीन जनाको मृत्यु

  • शुक्रवार, आश्विन १६ २०७७

  • 632
    SHARES

  • कोरोना संक्रमणबाट नेपालमा  थप तीन जनाको मृत्यु

    कोरोना संक्रमणबाट नेपालमा पछिल्लो पटक थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना रुपन्देहीका पुरुष र एक जना कैलालीकी महिला रहेका छन् ।

    रुपन्देहीको सैनामैना नगरपालिका–७ रामापुरका ६० वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा गएराति मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि असोज १३ गते साँझ ११ बजे अस्पताल भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।

    यसैबीच बुधबार मृत्यु भएका रुपन्देहीको कोटहीमाई गाउँपालिकाका एक पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । कोटहीमाई गाउँपालिका वडा नंं. ८ का ४२ वर्षीय पुरुषको हिजो साँझ बुटवल धागो कारखानामा सञ्चालित कोरोना अस्पतालमा मृत्यु भएको थियो । कोरोना परीक्षणको आज आएको रिपोर्ट पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताउनुभयो । उता सेती प्रादेशिक अस्पताल धनगढीको आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएकी कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा १२ की एक महिलामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

    गएराति मृत्यु भएकी ३० वर्षीया महिलाको मृत्युपछि लिइएको स्बावको नमूना परीक्षण गर्दा आज कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो । । यो सँगै सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणवाट मृत्यु हुनेको सङ्ख्या १७ जना पुगेको छ ।


    शुक्रवार, आश्विन १६ २०७७०८:५७:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij