Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

अघिल्लो मंसिरमै निर्वाचनको खर्च विवरण बुझाइसकेको थिएँ : गगन थापा (विवरणसहित)

अघिल्लो मंसिरमै निर्वाचनको खर्च विवरण बुझाइसकेको थिएँ : गगन थापा (विवरणसहित)

  • बिहिवार, श्रावण ११ २०८०

  • 526
    SHARES

  • अघिल्लो मंसिरमै निर्वाचनको खर्च विवरण बुझाइसकेको थिएँ : गगन थापा (विवरणसहित)

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अघिल्लो मंसिरमै खर्च विवरण बुझाइसकेको तथ्य सार्वजनिक भएको छ ।

    केही दिनअघि निर्वाचन आयोगले आम निर्वाचन २०७९ मा सहभागी राजनीतिक दलका उम्मेदवारहरुले खर्चको विवरण नबुझाएको भन्दै लिस्ट सार्वजनिक गरेको थियो । त्यसमा कांग्रेस महामन्त्री एवं सांसद थापाको नाम पनि समेटिएको थियो ।

    थापाले आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भन्नुभएको छ, ‘मैले निर्वाचन आयोगमा मिति २०७९÷०८÷२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु। यो विवरण सार्वजनिक पनि भएको थियो । तर यस्तो जानकारी आयोगलाई गराउनुपर्ने जानकारी नभएको जानकारी गराउँछु। अतः १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भैसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु।’

    आयोगले समयमा खर्च विवरण नबुझाउने उम्मेदवारमाथि कडा निगरानी राखेको छ ।

    357277903_1208669827194569_2500531597569482662_n.jpg


    बिहिवार, श्रावण ११ २०८००२:३४:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij