Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

त्रिभुवन विमानस्थलमा भन्सार प्रमुख फेरीए,को आए नयाँ अधिकारी ?

त्रिभुवन विमानस्थलमा भन्सार प्रमुख फेरीए,को आए नयाँ अधिकारी ?

  • मंगलवार, श्रावण ९ २०८०

  • 642
    SHARES

  • त्रिभुवन विमानस्थलमा भन्सार प्रमुख फेरीए,को आए नयाँ अधिकारी ?

    काठमाडौं। अर्थमन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएको छ।एक क्विन्टल सुन तस्करी प्रकरणपछि अर्थ मन्त्रालयले सहसचिव पाण्डेलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएको हो ।

    यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर पाण्डेलाई जिम्मेवारी दिइएको हो।पाण्डे आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा हुनुभएको थियो। प्रमुखको जिम्मेवारीमा भएपनि पोखरेल २ महिना बिदामा बस्नु भएको थियो ।

    गत १० पुस, २०७९ मा विद्युतीय चुरोट(भेप)मा राखेर विमानस्थलबाट साढे ९ किलो सुन तस्करी भएको प्रकरणमा अनुसन्धान सुरु भएपछि पोखरेल बिदामा बस्नु भएको थियो ।

    पोखरेल विदामा रहेको बेला २ साउनमा विमानस्थल पार गरेर करिब एक क्विन्टल सुन त्रिभुवन विमानस्थलबाट राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो ।


    मंगलवार, श्रावण ९ २०८००४:३१:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij