Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

अवैध सुन प्रकरणः राजस्व अनुसन्धानले माग्यो प्रहरीको सहयोग

अवैध सुन प्रकरणः राजस्व अनुसन्धानले माग्यो प्रहरीको सहयोग

  • सोमवार, श्रावण ८ २०८०

  • 970
    SHARES

  • अवैध सुन प्रकरणः राजस्व अनुसन्धानले माग्यो प्रहरीको सहयोग

    काठमाडौं। त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयको गेटबाट बरामद भएको सय किलो सुन प्रकरणमा अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागले नेपाल प्रहरीको सहयोग मागेको छ। विभागले सुन तस्करी र त्यससँग जोडिएका अन्य पक्षको छानविन र अनुसन्धान गर्न सहयोग मागेपछि प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) कृष्ण पंगेनीलाई पठाएको छ।

    मानव वेचविखन अनुसन्धान ब्यूरोमा रहेका पंगेनीलाई यो प्रकरणको अनुसन्धान नसकिएसम्मका लागि विभागसँग सम्वन्वयन गरी अनुसन्धान गर्ने जिम्मेबारी तोकिएको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिनुभयो ।

    विभागले आफ्नै स्रोतबाट प्राप्त सूचनाका आधारमा छापा मार्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भइसकेको सुन बरामद गरेको थियो। मोटरसाइकल तथा स्कुटरको डिस्क ब्रेकको सुमा मोरेर ल्याइएको अवस्थामा सुन फेला परेको थियो। सुन तस्करीमा गिरोह नै संलग्न रहेको र अन्य नेक्सस समेत पत्ता लगाउनुपर्ने भएपछि विभागले प्रहरीको सहयोग मागेको हो।

    यसअघि गृहमन्त्री नारायाणकाजी श्रेष्ठले विमानस्थलको अनुगमन गर्दै आवश्यक परेमा प्रहरीले अनुसन्धानमा सहयोग गर्ने बताउनु भएको थियो। यो प्रकरणमा धमाधम आरोपितहरु पक्राउ पर्न थालेपछि राजस्व अनुसन्धान विभागले प्रहरीमार्फत् थप अनुसन्धान गर्ने तयारी गरेको हो।

    सुन प्रकरणमा १ जना चिनियाँ र तिब्बती मुलका १ जना भारतीयसहित नेपाली नागरिक पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिहरुविरुद्ध अनुसन्धानका लागि उच्च अदालत पाटनबाट म्याद थप गरिएको छ। उनीहरुविरुद्ध अनुसन्धानका लागि सुरुमा १० दिनको म्याद थप भएको थियो।


    सोमवार, श्रावण ८ २०८००३:५९:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij