Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

मैले ल्याएको पुरस्कारको व्यवस्थाले सुन समातियो : डा. अर्थमन्त्री महत

मैले ल्याएको पुरस्कारको व्यवस्थाले सुन समातियो : डा. अर्थमन्त्री महत

  • सोमवार, श्रावण ८ २०८०

  • 382
    SHARES

  • मैले ल्याएको पुरस्कारको व्यवस्थाले सुन समातियो : डा. अर्थमन्त्री महत

    काठमाडौं। अर्थमन्त्री डा.प्रकाशशरण महतले सय किलो सुन आफूले आर्थिक वर्ष २०८०/०८१ मा ल्याएको सूचना दिनेलाई पुरस्कारको व्यवस्थाका कारण पक्राउ परेको दाबी गर्नुभएको छ। आज सोमवार बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री महतले सुन प्रकरणमा अहिले अनुसन्धान भइरहेको र गैरकानूनी काम गर्ने जो कोहीलाई पनि कारबाही हुने बताउनुभयो ।

    उहाँले भन्सारमा प्रविधिको अपडेट र आधुनिक मेसिन जडान गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले भन्सारमा हुने अनियमिततालाई निस्तेज पार्नुपर्ने आवश्यकता रहेको बताउनु भयो। पार्टी केन्द्रीय कार्य समितिको बैठक लाइभ गरेसँगै भ्रम छर्नसक्ने गुञ्जायस नरहेको जिकिर गर्नुभयो।

    उहाँले पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक लाइभ गर्ने निर्णय भइ लाइभ चलिरहेको भन्दै अहिले राम्रो प्रतिक्रिया पाइरहेको बताउनु भयो ।उहाँले चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने आशय व्यक्त गर्नुभएको छ।

    उहाँले नयाँ मौद्रिक नीतिले लगानीको वातावरण सहज बनाउने बताउनुभएको हो। उहाँले हिजो सार्वजनिक मौद्रिक नीतिमा आफूले भन्दै आएको ब्याजदरमा खुकुलो पनलाई सम्बोधन गरिएको बताउनु भयो। उहाँले अब निजी क्षेत्रमा लगानी सहज हुने, ब्याजदर घट्दै जाने बताउनु भयो।

    उहाँले वत्त नीति र मौद्रिक नीतिको एउटै लक्ष्य आर्थिक वृद्धि सुनश्चित गर्ने, मूल्यलाई एउटा तहमा राख्ने भएको पनि बताउनु भयो। उहाँले अहिले समग्रमा हेर्दा मूल्यवृद्धि कम भएको दाबीसमेत गर्नुभयो। उहाँले सकरार विसंगतिलाई चिर्दै समस्याको समाधान खोजेर अघि बढिरहेको बताउनु भयो।

     


    सोमवार, श्रावण ८ २०८००२:१८:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij