Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

ललिता निवास प्रकरणः नक्कली मोही बनेका २ जना पक्राउ

ललिता निवास प्रकरणः नक्कली मोही बनेका २ जना पक्राउ

  • सोमवार, श्रावण ८ २०८०

  • 696
    SHARES

  • ललिता निवास प्रकरणः नक्कली मोही बनेका २ जना पक्राउ

    काठमाडौँ। ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। नक्कली मोही बनेर सरकारी जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले आज(सोमबार) सञ्जयकुमार महर्जन र सकुलानन्द महर्जन पक्राउ परेका हुन् ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)का एसएसपी दिनेश आचार्यले महर्जनद्वयलाई नक्कली मोही बनाएर रामकुमार सुवेदी, मीनबहादुर गुरुङ र शोभाकान्त ढकाललगायतले सरकारी जग्गा हडपेको जानकारी दिनुभयो।

    यसै प्रकरणमा हिजो(आइतबार) नापी कार्यालयका पूर्वकर्मचारी अरुणकुमार श्रेष्ठ पक्राउ परेका थिए। यो प्रकरणमा जोडिएका पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ लगायत हालसम्म १९ जना पक्राउ परिसकेका छन् ।

     


    सोमवार, श्रावण ८ २०८००१:५३:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij