Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

  • सोमवार, श्रावण ८ २०८०

  • 1.7K
    SHARES

  • आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?
    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार(आज) पनि सुनचाँदीको मूल्य घटेको जनाएको छ । महासंघले आज सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको जनाएको हो ।
     
    यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ कायम छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ कायम थियो ।
     
    हिजो आइतबार सुनको मूल्यमा ५०० रुपैयाँको गिरावट आएको थियो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार २५० रुपैयाँ थियो ।
     
    यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । हिजो आइतबार तोलामा १४ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य तोलामा १५ रुपैयाँको गिरावट आएको थियो ।


    सोमवार, श्रावण ८ २०८०११:१५:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij