काठमाडौं । पछिल्लो २४ घन्टामा १९ सय ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । १२ हजार चार सय ४४ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थप भएकोसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ७९ हजार सात सय २८ पुगेको छ । त्यसैगरी आज नौ सय ६१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
योसँगै कुल निको हुनेको संख्या ५७ हजार तीन सय ८९ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभएको छ । संक्रमित निको हुने दर ७१.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार संक्रमितमध्ये आइसियू दुई सय २० जना र भेन्टिलेटर २५ जनाको उपचार भइरहेको छ ।