Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

युवा संघले सुन प्रकरणविरुद्ध मशाल जुलुस निकाल्दै

युवा संघले सुन प्रकरणविरुद्ध मशाल जुलुस निकाल्दै

  • शुक्रवार, श्रावण ५ २०८०

  • 745
    SHARES

  • युवा संघले सुन प्रकरणविरुद्ध मशाल जुलुस निकाल्दै

    काठमाडौं। एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज सुन प्रकरणविरुद्ध मशाल जुलुस निकाल्ने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट चेक जाँच गरेर बाहिर निकालिएको तस्करीको सुनविरुद्ध युवा संघले राँके जुलुसको तयारी गरेको हो।

    सुन तस्करी काण्डमा साना भरियाहरुलाई समातिएको तर ठूलालाई उन्मुक्ति दिने प्रपञ्च रचिएको भन्दै संघले खबरदारीको निम्ति मशाल जुलुस निकाल्न लागेको जानकारी दिएको छ। 

    उसले भनेको छ,‘कानुन सबैको निम्ति बराबर हुनुपर्छ।’ मशाल जुलुस साँझ ६ बजे नयाँ बानेश्वरस्थित संघको कार्यालयबाट निकाल्ने तयारी गरिएको हो ।


    शुक्रवार, श्रावण ५ २०८००४:३३:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij