काठमाडौं । कोरोनाको संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । यो संगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ५०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या २१ हजार ८३० पुगेको छ । स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय संक्रमित नाघे फेरि लकडाउन गर्नेगरी सिफारिस गरिसकेको अवस्थामा बिहीबारसम्म सक्रिय संक्रमितम २१ हजार ८३० पुगेको हो ।
पछिल्लो समय देशभर कोरोना संक्रमित बढिरहेका छन् भने बितेको २४ घण्टामा मात्रै १ हजार ९११ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
उनका अनुसार हाल संस्थागत आइसोलेशनमा १० हजार ७६१ र होम आइसोलेशनमा ११ हजार ७९ हजार रहेका छन् ।