काठमाडौं ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास गरेर भित्रिएको एक क्वीन्टल सुन बरामद प्रकरणसँग जोडिएको बालुवाटारस्थित एक घरमा सरकारी अधिकारीहरुले छापा मारेका छन् ।
सुन तस्करीमा संलग्नहरुले सुनसहितको ‘ब्रेक सु’ राख्न भाडामा लिएको घरको बालुवाटारस्थित कोठामा सशस्त्र प्रहरी बलको सहयोग लिएर राजश्व अनुसन्धान विभागको टोलीले छापा मारेको विभाग उच्च स्रोतले जानकारी दिएको छ ।