Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

अवैध सुन प्रकरण : विमानस्थलमा रहेका १३ वटा प्याकेटमा भेटिएन

अवैध सुन प्रकरण : विमानस्थलमा रहेका १३ वटा प्याकेटमा भेटिएन

  • बिहिवार, श्रावण ४ २०८०

  • 978
    SHARES

  • अवैध सुन प्रकरण : विमानस्थलमा रहेका १३ वटा प्याकेटमा  भेटिएन

    काठमाडौं। तस्करीको सुनसँगै क्याथे प्यासेफिकको विमानबाट आएका बाँकी प्याकेजमा सुन हुन सक्ने आशंकासहित राजश्व अनुसन्धान विभागले विमानस्थलमा पुनः अनुसन्धान गरेको थियो। विभागले ती प्याकेटमा सुन भने फेला नपरेको विभागले जनाएको छ।

    करिब सय क्विन्टल सुन भित्राएको कम्पनीले नै मगाएको उक्त प्याकेटमा सुन रहेको आशंकासहित विभागको टोली विमानस्थल पुगेर विषेश अनुसन्धान गरेको थियो। अप्रेसनमा रहनुभएका भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलका अनुसार विमानबाट आएका अन्य प्याकेटमा सुन नभेटिएको हो।

    महानिर्देशक पौडेलले भन्नुभयो, “क्याथे प्यासेफिकको विमानबाट ३६ वटा प्याकेटहरु आएका थिए। १३ वटा प्याकेट बाँकी थिए। ती प्याकेट खोलेर हेर्दा सुन फेला परेन,अन्य सामानहरु थिए।” विमानस्थलबाट जाँचपास भइसकेपछि बुधबार राति बरामद भएको सुन नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखामा जोख्न  पुर्‍याइएको छ।

    राजस्व अनुसन्धान विभागले गएराति सिनामङ्गलबाट करिब एक सय किलो सुन बरामद गरेको थियो। सो सुन जोख्न पुलचोकस्थित राजश्व अनुसन्धान विभागबाट आठ वटा बाकसमा बबरमहल ल्याइएको हो।

    मोटरसाइकल र स्कुटरको ब्रेक–सु, दाह्री काट्ने रेजरको साथमा लुकाएर हङकङबाट तस्करी गरिएको उक्त सुन विमानस्थलस्थित भन्सार कार्यालयअगाडिबाट ट्याक्सीमा लैजान लाग्दा बरामद गरिएको थियो। सो प्रकरणमा हालसम्म छ जना पक्राउ परिसकेका छन्।

    यसैगरी, उक्त सुन जाँचपास भएको सम्बन्धमा छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय छानबिन समितिसमेत गठन गरिसकेको छ। साथै सुन बाहिर ल्याउन प्रयोग गरिएको ट्याक्सी र त्यसका चालकलगायतलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।


    बिहिवार, श्रावण ४ २०८००३:४६:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij