Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

‘सुन तस्करीमा गृहमन्त्री श्रेष्ठ आफैं संलग्न छन्’

‘सुन तस्करीमा गृहमन्त्री श्रेष्ठ आफैं संलग्न छन्’

  • बिहिवार, श्रावण ४ २०८०

  • 1.1K
    SHARES

  • ‘सुन तस्करीमा गृहमन्त्री श्रेष्ठ आफैं संलग्न छन्’

    काठमाडौं। राष्ट्रियसभाका सांसद गोपाल भट्टराईले करीव एक क्वीन्टल सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैं संलग्न रहेको आरोप लगाउनु भएको छ।

    आज जारी राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै उहाँले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वसभामुख कृष्णबहादुर महराको नाम समेत सो प्रकरणमा मुछिएको समाचार आएको टिप्पणी गर्नु भएको हो।

    सांसद भट्टराईले सो प्रकरणमा ठूलाहरुनै संलग्न रहेकाले निष्पक्ष छानविन हुने विश्वास समेत आफूहरुलाई नभएको बताउनुभयो। उहाँले सुन तस्करहरुले राज्य संचालनमै हस्तक्षेप गरिरहेको आभास भईरहेको समेत बताउनु भयो।

    सांसद भट्टराईले जनताको ध्यान एकातिर मोडेर मुलुकमा सुन तस्करी गर्नेक्रम बढिरहेको जिकीर गर्दै त्यसलाई नियन्त्रण गर्न सरकार गम्भीर नभएको बताउनु भयो।


    बिहिवार, श्रावण ४ २०८००२:४७:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij