Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

विमानस्थलभित्रै थप १०० केजी सुन लुकेको आशंका

विमानस्थलभित्रै थप १०० केजी सुन लुकेको आशंका

  • बिहिवार, श्रावण ४ २०८०

  • 884
    SHARES

  • विमानस्थलभित्रै थप १०० केजी सुन लुकेको आशंका

    काठमाडौं। त्रिभुवन विमानस्थल भन्सार परिसरमा थप एक सय किलो सुन रहेको आशंका बाहिर आएको छ। सो आशंका उत्पन्न भएसँगै राजस्व अनुसन्धान विभागले विशेष अप्रेशन जारी राखेको छ।

    विमानस्थलका कार्गो भवनबाट बाहिरिने गेटमा एक सय किलो बढी सुन समातिएको तेस्रो दिन राजस्व अनुसन्धान विभागले थप उस्तै प्रकृतिको एक सय किलो बढी सुन विमानस्थल भित्रै रहेको आशंकाको आधारमा अप्रेशन जारी राखेको जनाएको छ।

    विभागले हिजो त्रिभुवन विमानस्थल कार्गो परिसर अघिबाट एक सय किलो बढी अवैध सुन बरामद गरेको थियो। अहिले उक्त सुनको मुचुल्का गर्ने काम भइरहेको छ।

    विशेष अप्रेशनका लागि विभागका महानिर्देशक नवराज ढुंगाना आफैं विमानस्थल परिसरमा पुगेका छन्। विभागले पक्राउ परेकाहरुको घर तथा बासस्थान खानतलासी गरेको थियो।


    बिहिवार, श्रावण ४ २०८००२:३९:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij