Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भिटामिन ‘ए’ र ‘जुका’को औषधि मंसिरमा खुवाइने

भिटामिन ‘ए’ र ‘जुका’को औषधि मंसिरमा खुवाइने

  • बिहिवार, आश्विन १५ २०७७

  • 2.4K
    SHARES

  • भिटामिन ‘ए’ र ‘जुका’को औषधि मंसिरमा खुवाइने

    काठमाडौं । राष्ट्रिय भिटामिन ए कार्यक्रम आगामी मंसिर महिनामा सञ्चालन हुने भएको छ ।

    यसअघि कात्तिक महिनामा नै भिटामिन ‘ए’ र ‘जुका’को औषधि खुवाउने गरिए पनि यस पटक कोरोना भाइरसको जोखिमका कारण पछाडि धकेलिएको हो ।

    परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर भीम सिंह तिंकरीले मंसिर ११ र १२ गते भिटामिन ‘ए’ र ‘जुका’को औषधि खुवाउने कार्यक्रम तय भएको जानकारी दिनुभयो ।

    सरकारले हरेक वर्ष वैशाख र कात्तिक महिनामा पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाउने अभियान चलाउँदै आएको छ ।

    तर यस पटक कोरोनाको जोखिमका कारण वैशाख महिनामा कार्यक्रम हुन सकेन । एक महिना ढिलो गरी अभियान भएकाले अहिले पनि एक महिनापछि सरेको महाशाखाका निर्देशक डाक्टर तिंकरीले बताउनुभयो ।

    ६ महिनाको अन्तरमा जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउनुपर्ने चिकित्सकहरु बताउँछन् ।

    बालबालिकालाई भिटामिन ‘ए’ र ‘जुका’को औषधिसँगै बालभिटा खुवाउनुका साथै पाखुराको नापसमेत लिइनेछ ।


    बिहिवार, आश्विन १५ २०७७०१:५८:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij