Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

‘स्वीस टुरिजम अवार्ड–२०२३’ का लागि काठमाडौं महानगर छनोट

‘स्वीस टुरिजम अवार्ड–२०२३’ का लागि काठमाडौं महानगर छनोट

  • मंगलवार, श्रावण २ २०८०

  • 695
    SHARES

  • ‘स्वीस टुरिजम अवार्ड–२०२३’ का लागि काठमाडौं महानगर छनोट

    काठमाडौं।काठमाडौं महानगरपालिका ‘स्वीस टुरिजम अवार्ड–२०२३’ का लागि छनोट भएको छ । स्वीट्जरल्याण्डको लुगानो शहरमा नोभेम्बर ३ देखि ५ तारिखसम्म कार्यक्रम आयोजना हुनेछ। आयोजकले उक्त अवार्ड कार्यक्रममा काठमाडौं महानगर पनि छनोटमा परेको पत्र महानगरलाई पठाएको छ ।

    ‘पर्यटन क्षेत्रका वैज्ञानिक पेशाकर्मीहरुको निर्णायक समितिले अवार्डका लागि छनोट गरेको हो । यस क्षेत्रका आयामिक पक्षलाई आम जनताबीच परिचित गराउने, पर्यटन गन्तव्यहरूको विशिष्टतालाई प्रवर्धन गर्ने यस कार्यक्रममा यहाँको उपस्थितिका लागि निमन्त्रणा गर्दछौं,’ आयोजकले महानगरलाई पठाएको पत्रमा उल्लेख छ ।

    यो अवार्ड कार्यक्रम विगत १५ वर्षदेखि सञ्चालन हुँदै आइरहेको छ। अवार्डका लागि स्थानीय तह (महानगरपालिका,उपमहानगरपालिका, नगरपालिका) ले आवेदन दिन सक्छन् ।आवेदकमध्येबाट निश्चित संख्यामा अवार्डका लागि मनोनयन गरिन्छ।

    अवार्ड कार्यक्रममा स्वीट्जरल्याण्ड, इटालीसहित अन्तर्राष्ट्रिय क्षेत्रमा गन्तव्यको प्रचार गरिन्छ । यस्तै सम्मानित हुने शहरमा पर्यटनको मूल्य र पेशाका विषयमा चर्चा गरिन्छ ।

    स्थानीय तहका अधिकारी, सम्मानित संस्थाका अधिकारी तथा प्रतिनिधि, गन्तव्य प्रवर्धक कार्यंक्रममा सहभागी हुनेछन् ।उक्त अवार्ड कार्यक्रममा सहभागी हुन मेयर बालेन्द्र शाह स्वीट्जरल्याण्ड जाने मेयरको सचिवालयले जनाएको छ ।


    मंगलवार, श्रावण २ २०८००३:४३:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij