Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कांग्रेस केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रशारण गर्दा जिम्मेवारीपूर्व उपस्थिती रहन्छ : गोपालमान श्रेष्ठ

कांग्रेस केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रशारण गर्दा जिम्मेवारीपूर्व उपस्थिती रहन्छ : गोपालमान श्रेष्ठ

  • मंगलवार, श्रावण २ २०८०

  • 479
    SHARES

  • कांग्रेस केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रशारण गर्दा जिम्मेवारीपूर्व उपस्थिती रहन्छ : गोपालमान श्रेष्ठ

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ ।

    पार्टी कार्यालय सानेपामा दउँसो १ बजे बैठक बस्दै छ । बस्ने करिव एक वर्षपछि बस्न लागेको आजको बैठकमा निर्वाचन परिचालन समितीको प्रतिवेदन प्रस्तुत हुने नेता गोपालमान श्रेष्ठले बताउनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व उपसभापतिसमेत रहनुभएका श्रेष्ठले आजको बैठकको मूख्य एजेण्डा मंसिरमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समीक्षा, संसद, पार्टी संगठन र सुदृढिकरणलगायत समसामयिक विषय रहेको बताउनुभएको छ । यस्तै बैठकमा नीति महाधिवेशनको तयारीबारे पनि छलफल हुने तय भएको छ । सांगठनिक कार्ययोजना र कार्यतालिकासमेत आजको बैठकमा एजेन्डाका रुपमा प्रस्तुत हुने नेता श्रेष्ठले बताउनुभयो ।

    केन्द्रीय कार्यसमिति बैठकमा विभागहरु गठनका साथै पार्टीले सञ्चालन गर्ने राष्ट्रवादी अभियानको खाका प्रस्तुत हुनेछ। अनुशासन समितिको प्रतिवेदन पेस गर्ने एजेन्डा पनि तय भएको छ । यस्तै आजको बैठकलाई कांग्रेसको अफिसियल फेसबुक पेजमार्फत प्रत्यक्ष प्रशारण गरिने पनि नेता श्रेष्ठले बताउनुभयो । प्रत्यक्ष प्रसारण हुँदा बैठकमा सबै जिम्मेवारीपूर्वक प्रस्तुत हुने पनि नेता श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो ।

    आज पहिलो दिनको बैठकको प्रत्यक्ष प्रशारणमा आएका प्रतिक्रियाका आधारमा निरन्तर दिइने पनि उहाँको भनाइ छ ।

    यस्तै नेता श्रेष्ठले पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा पार्टीको वरिष्ठ नेता आफूलाई बनाउने कुरामा सर्वसहमति भएको बताउँदै सभापतिले केहि समय पछि आफूलाई नै कांग्रेसको वरिष्ठ नेता चुन्ने स्पष्ट पार्नुभयो । 

    यस्तै विशेष महाधिवेशन बोलाएर संसदिय दलको नेता परिवर्तन गर्नुपर्छ भनेर बाहिर आएका समाचारहरुमा कुनै सत्यता नभएको नेता श्रेष्ठले स्पष्ट पार्नुभयो ।


    मंगलवार, श्रावण २ २०८००८:२३:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij