Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

काठमाडौंको बजेट तथा नीति कार्यक्रम सर्वसम्मत पारित

काठमाडौंको बजेट तथा नीति कार्यक्रम सर्वसम्मत पारित

  • शुक्रवार, आषाढ २९ २०८०

  • 512
    SHARES

  • काठमाडौंको बजेट तथा नीति कार्यक्रम सर्वसम्मत पारित

    काठमाडौं। काठमाडौं महानगरपालिकाको बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत रुपले पारित भएको छ। महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले नगर सभा वैठकमा निर्णयार्थ पेश गरेको बजेट र नीति कार्यक्रम संशोधन सहित पास भएको हो।

    महानगरको १३ औं नगर सभाको पहिलो बैठक असार ६ गते बसेको थियो। १० असारको नगर सभा बैठकमा उपप्रमुख सुनिता डंगोलले, आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट र विनियोजन विधेयक पेश गर्नुभएको थियो।

    महानगरपालिकाले २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ। जसमा चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार रुपैयाँ र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजन भएको छ ।

    २१ असारमा बजेट पास गर्न बोलाएको वैठकमा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले पर्याप्त छलफल नभएको र एकलौटी ढंगले बजेट विनियोजन गरेको भन्दै विरोध गरेपछि २६ गतेसम्म सारिएको थियो।

    २६ असारबाट सुरु भएको बजेट माथिको छलफल आज (शुक्रबार) सकाएर नगर सभाबाट बजेट पारित भएको हो । बजेटमा वडाध्यक्ष र नगर सभा सदस्यहरुले राखेका संशोधन सहित पारित भएको छ ।


    शुक्रवार, आषाढ २९ २०८००४:४२:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij