Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ललितानिवासको सरकारी जग्गा किन्नेलाई मात्र होइन बेच्नेलाई पनि कारबाही होस् : सांसद खतिवडा

ललितानिवासको सरकारी जग्गा किन्नेलाई मात्र होइन बेच्नेलाई पनि कारबाही होस् : सांसद खतिवडा

  • शुक्रवार, आषाढ २९ २०८०

  • 475
    SHARES

  • ललितानिवासको सरकारी जग्गा किन्नेलाई मात्र होइन बेच्नेलाई पनि कारबाही होस् : सांसद खतिवडा

    काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने प्रकरणमा संलग्न रहेको आरोपमा सरकारले किन्नेहरुलाई मात्रै कारबाही गर्न खोजेको आरोप लगाउनुभएको छ ।

    किन्नेलाई मात्र नभएर ललितानिवासको जग्गा बेच्नेलाई पनि कारबाही गर्नुपर्ने उहाँको माग छ ।

    ‘बालुवाटार जग्गा प्रकरणमा व्यापारीहरु र केही साना कर्मचारीहरुलाई मात्रै सरकारले ध्यान दिएको देखिन्छ’, शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उहाँले भन्नुभयो ।

    ललितानिवास जग्गा प्रकरणका ठूला माछाहरु पनि कारबाहीमा पर्नुपर्ने उहाँको माग छ । ‘त्यहाँका ठूला माछाहरुलाई कारबाही होस् । व्यापारीहरुलाई मात्रै होइन, किन्नेलाई मात्रै होइन । सरकारको राजश्व तिरेर किन्ने तिनीहरुलाई कारबाही गर्ने व्यवस्थापन गरेर जग्गा बिक्री गर्ने मुलहरु को हुन् ? तिनीहरुलाई कारबाही व्यवस्था गरोस् ।’


    शुक्रवार, आषाढ २९ २०८००२:५१:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij