Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

नेपाललाई दुई खर्ब १७ अर्बभन्दा बढी वैदेशिक सहायता प्रतिवद्धता

नेपाललाई दुई खर्ब १७ अर्बभन्दा बढी वैदेशिक सहायता प्रतिवद्धता

  • शुक्रवार, आषाढ २९ २०८०

  • 380
    SHARES

  • नेपाललाई दुई खर्ब १७ अर्बभन्दा बढी वैदेशिक सहायता प्रतिवद्धता

    काठमाडौं। नेपालले पछिल्लो एक वर्षको अवधिमा दुई खर्ब १७ अर्ब ६४ करोड ६० लाख रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त गरेको छ।गत वर्ष २०७९ साउन १ गतेदेखि २०८० असार २६ गतेसम्मको अवधिमा नेपालले उक्त वैदेशिक सहायता प्रतिवद्धता प्राप्त गरेको अर्थ मन्त्रालयले जनाएको छ।

    अर्थ मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार प्राप्त वैदेशिक सहायता प्रतिवद्धतामध्ये एक खर्ब ७५ अर्ब ७४ करोड रुपैयाँ ऋण र ४१ अर्ब ९० करोड ६० लाख रुपैयाँ अनुदान रहेको छ।

    नेपाललाई उक्त सहायता प्रतिवद्धता जनाउनेमा युरोपेली युनियन,जापानिज अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका),स्वीट्जरल्यान्ड, विश्व बैंक, कोरियाली अन्तर्राष्ट्रिय विकास नियोग(कोइका), एसियाली विकास बैंक(एडीबी), बेलायत, नर्वे र फिनल्यन्ड रहेका छन्।

    अर्थ मन्त्रालयको विवरणअनुसार सबैभन्दा बढी आर्थिक सहायता प्रतिवद्धता जनाउनेमा विश्व बैंक र एडीबी छन्।


    शुक्रवार, आषाढ २९ २०८००२:३१:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij