Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कांग्रेस र एमालेले मिलीजुली सरकार बनाउनु घोर अनैतिक काम : भीम रावल

कांग्रेस र एमालेले मिलीजुली सरकार बनाउनु घोर अनैतिक काम : भीम रावल

  • शुक्रवार, आषाढ २९ २०८०

  • 873
    SHARES

  • कांग्रेस र एमालेले मिलीजुली सरकार बनाउनु घोर अनैतिक काम : भीम रावल

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नेपाली कांग्रेस र एमालेले मिलीजुली सरकार बनाउनु घोर अनैतिक काम हुने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै रावलले कांग्रेसले दलाल पुँजीपति र पुराना सामन्तको प्रतिनिधित्व गर्ने र उसले अरु देशसँग भएका असमान सन्धि सम्झौताको विरोध नगर्ने बताउँदै समाजवादको नीति लिएको एमाले र कांग्रेसको सिद्धान्त कुनै पनि अवस्थामा नमिल्ने स्पष्ट पार्नुभएको हो ।

    यस्तै अर्को प्रसंगमा नेता रावलले परराष्ट्र नीति संविधान र संयुक्त राष्ट्रसंघको बडापत्र बमोजिम नचलेकाले विदेशी चलखेल बढेको आरोप लगाउनुभएको छ ।

    पूर्व परराष्ट्रमन्त्री समेत रहनुभएका रावलले नेपालले भारत, चीन, अमेरिकासँग पारस्परिक लाभका आधारमा सम्बन्ध बढाउनुपर्ने औंल्याउनुभएको छ । राष्ट्रिय हित र सुरक्षालाई तिलाञ्जलि दिएर सत्तामा टिकिरहन एमसीसी पारित गरेको उहाँको आरोपसमेत रहेको छ ।

    आफ्नो देशको हितको कुरा गर्नु कसैको विरोध नहुने दाबी गर्दै नेता रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा १० वर्षमा १० हजार मेगावाट बिजुली बेच्ने नभई भारतलाई नदीनाला जिम्मा लगाउने सम्झौता गरेको आरोप लगाउनुभयो ।

    यस्तै, यस्तै नक्कली भुटानी शरणार्थी र ललिता निवास प्रकरणमा प्रमाण कागज, घटना र व्यवहार हेर्दा कसैलाई थुन्ने, कसैलाई आँखा चिम्लने गरिएको पनि उहाँको भनाइ छ ।


    शुक्रवार, आषाढ २९ २०८००९:१४:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij