काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टायता १५ सय ५९ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ७७ हजार ८१७ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ सय २०५ वटा पिसिआर परीक्षण गरिएको छ । यससँगै हालसम्म १० लाख २१ हजार ५०३ वटा पिसिआर परीक्षण भएको छ ।