Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बलात्कारका घटनामा नेपाल धेरै पछि छ : गृहमन्त्री

बलात्कारका घटनामा नेपाल धेरै पछि छ : गृहमन्त्री

  • बुधवार, आश्विन १४ २०७७

  • 2.1K
    SHARES

  • बलात्कारका घटनामा नेपाल धेरै पछि छ : गृहमन्त्री

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले बलात्कारका घटना बढे पनि विश्वका अरु देशको तुलनामा नेपालको अवस्था चिन्ताजनक नभएको बताउनुभएको छ । विश्वका १९५ देशको अवस्था विश्लेषण गर्दा नेपाल बलात्कारका घटनामा धेरै पछाडि रहेको उहाँले बताउनुभयो ।

    राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा गृहमन्त्री बादलले प्रत्येक दिन ६-७ जना बलात्कारको घटना हुने गरेको स्वीकार गर्नुभयो । यद्यपि, यस्ता घटना न्यूनीकरण गर्न सरकारले अधिकतम प्रयत्न गरिरहेको उहाँले बताउनुभएको छ ।

    अमेरिकालगायतका विकसित मुलुकको अवस्था नेपालको भन्दा खराब रहेको थापाले भनाइ थियो । तर, नेपालले आफ्नो स्थितिलाई बदल्न जरुरी छ भन्नेमा सरकार प्रष्ट रहेको उहाँले बताउनुभयो ।

     


    बुधवार, आश्विन १४ २०७७०३:१०:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij