Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एक्कासी किन स्थगित भयो ओली र प्रचण्डबीचको भेटवार्ता ?

एक्कासी किन स्थगित भयो ओली र प्रचण्डबीचको भेटवार्ता ?

  • बुधवार, आश्विन १४ २०७७

  • 627
    SHARES

  • एक्कासी किन स्थगित भयो ओली र प्रचण्डबीचको भेटवार्ता ?

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार हुने भनिएको भेटवार्ता एकाएक स्थगित भएको छ । ओली र प्रचण्डबीचको भेटवार्ता स्थगित भएसँगै मन्त्रिपरिषद् पुनगर्ठन पनि अनिश्चित भएको छ ।

    मन्त्रिपरिषद् पुनर्गठनका विषयमा सहमति जुटाउन अध्यक्षद्वयबीच गत विहीबारयता दिनहुँजसो भेटवार्ता हुँदै आएको छ । दुई नेताबीच मंगलबार भएको छलफलमा भेटवार्तालाई निरन्तरता दिँदै जाने सहमति भए पनि अध्यक्ष प्रचण्डको आग्रहपछि भेटवार्ता स्थगित भएको स्थायी समिति सदस्य सुवास नेम्वाङले जानकारी दिनुभयो ।

    ‘आज हुने भनिएको भेटवार्ता प्रचण्डजीको आग्रहमा स्थगित भएको भन्ने थाहा भयो । तर, उहाँले के कारणले स्थगित गर्न आग्रह गर्नुभएको हो त्यसबारे भने थाहा भएन’, उहाँले भन्नुभयो ।

    यसअघि, लगातार भएका छलफल र भेटवार्तामा दुवै अध्यक्षले आ–आफ्ना अडान नछोड्दा मन्त्रिपरिषद् पुनगर्ठनमा ढिलाइ भइरहेको छ ।

     


    बुधवार, आश्विन १४ २०७७१२:३१:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij