Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीले संसदमै गरे आत्मालोचना, भने- 'सेन्टिमेन्टल छु, नबोल्नुपर्थ्यो थोरै भावनामा आएर बोलेँ'

प्रधानमन्त्रीले संसदमै गरे आत्मालोचना, भने- 'सेन्टिमेन्टल छु, नबोल्नुपर्थ्यो थोरै भावनामा आएर बोलेँ'

  • सोमवार, आषाढ २५ २०८०

  • 584
    SHARES

  • प्रधानमन्त्रीले संसदमै गरे आत्मालोचना, भने- 'सेन्टिमेन्टल छु, नबोल्नुपर्थ्यो थोरै भावनामा आएर बोलेँ'

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय व्यापारी दिल्ली गएको भन्ने अभिव्यक्ति दिएकोप्रति आत्मालोचना गर्नुभएको छ । सोमवार संसद्मा स्पष्टीकरण दिँदै उहाँले त्यो कुरा नबोलेको भए हुने बताउनुभयो ।

    आफ्नो छोरी जीवनमरणको दोसाँधमा रहेका बेलाको प्रसंग आफूले पुस्तक विमोचनमा स्मरण गरेको बताउनुभयो । "मैले त्यो बेड सम्झेँ । कुरा अहिलेको होइन । २०६८ र ०६९ सालको हो । म छोरी ज्ञानुको अन्तिम अन्तिम अवस्थामा दिल्ली गएको थिएँ । त्यो घटना दर्दनाक थियो, उहाँले भन्नुभयो, म अलिकति सेन्टिमेन्टल छु । थोरै भावनामा म आएँ । नभने हुन्थ्यो । मनमा आयो भनेँ । प्रधानमन्त्री भएकोले त्यो नबोलेको भए हुन्थ्यो । "

    उनले त्यही क्रममा प्रितमले सदासयता राखेको उहाँले स्पष्ट पार्नुभयो । "छोरीको अन्तिम अन्तिम अवस्था भएका बेला प्रितम सिंहले भनेका हुन्, नेपालमा प्रम तपाईं नै हुनुपर्छ भनेर प्रशंग उठाउनुभयो । उहाँले भनेर म हुने पनि थिइनँ । उहाँले परिवर्तन ल्याउने तपाई हो । मैले दिल्लीमा र नेपालमा पनि कुरा गर्न गरेको छु भन्नुभएको थियो । कुरा त्यत्ति हो । मैले धन्यवाद भनेको थिएँ । त्यसबाहेक केही होइन," उहाँले भन्नुभयो ।


    सोमवार, आषाढ २५ २०८००५:०५:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij