Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेले संसद् अवरोध गर्न मिल्दैन : प्रदीप पौडेल

प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेले संसद् अवरोध गर्न मिल्दैन : प्रदीप पौडेल

  • सोमवार, आषाढ २५ २०८०

  • 587
    SHARES

  • प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेले संसद् अवरोध गर्न मिल्दैन : प्रदीप पौडेल
    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले आवश्यक परे पार्टी र संसदीय दलको नेतृत्व परिवर्तन गर्ने अवस्था आउन सक्ने औंल्याउनुभएको छ ।
     
    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा  पत्रकार ऋषि  धमलासँग कुराकानी गर्दै पौडेलले भन्नुभयो, ‘नेतृत्वप्रति प्रश्न उठेका छन् । कार्यशैली मिलेको छैन । त्यसमा सुधार आवश्यक छ । सरकारको पर्फमेन्सका कुरा छन् ।  असार २७ मा सुरु हुने केन्द्रीय समितिको बैठकमा यस्ता धेरै विषयमा निर्मम समीक्षा गर्नुपर्ने र पार्टी रूपान्तरणको दिशामा जान थालेको सन्देश दिनुपर्ने अवस्था छ । यसमा तयार नहुने हो भने नेतृत्व बदल्नुपर्ने पनि हुन सक्छ,।’  
     
    कांग्रेस महामन्त्री गगन थापाले त संसदीय दलको नेतृत्व समेत परिवर्तन गर्ने प्रक्रिया सुरु गर्नुपर्छ भन्नुभएको छ नि भन्ने प्रश्नमा पौडेलले भन्नुभयो, ‘महामन्त्रीले कुन सन्दर्भमा भन्नुभयो, मलाई थाहा छैन । तत्काल संसदीय दलको नेता परिवर्तनको प्रक्रिया सुरु भएको छैन । संसदीय दलको नेता परिवर्तन गर्न त पार्टीले सरकारको नेतृत्व गर्ने समय आउनु पर्‍यो नि ।’
     
    संघ, प्रदेश र स्थानीय तहमा पार्टीले नेतृत्व गरिरहँदा पनि काम देखाउन नसकेको नेता पौडेलले आरोप लगाउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै एमालेले संसद् अवरोध गर्न नमिल्ने नेता पौडेलले औंल्याउनुभयो । 
     


    सोमवार, आषाढ २५ २०८०१०:२०:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij