Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

विराटनगरमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु

विराटनगरमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु

  • बुधवार, आश्विन १४ २०७७

  • 670
    SHARES

  • विराटनगरमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु

    विराटनगर । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत कोरोना संक्रमित एकजना पुरुषको मृत्यु भएको छ।

    मोरङको जहदा गाउँपालिका–६ का ६० वर्षीय वृद्धको बुधबार बिहान मृत्यु भएको उपचार केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले जानकारी दिनुुभएको छ ।

    उहाँका अनुसार कोशी कोभिड अस्पतालमा हालसम्म ज्यान गुमाएका संक्रमितमध्ये पछिल्लो पटक मृत्यु भएका पुरुषको तौल सबैभन्दा धेरै ११० किलो रहेको थियो। अत्याधिक मोटोपनाका कारण मृतकमा श्वासप्रश्वास सम्बन्धी बढी समस्या रहेको थियो ।

    कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका उनलाई उपचारका लागि असोज ४ गते बिहान कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

    हालसम्म प्रदेश १ का विभिन्न कोभिड अस्पतालमा उपचाररत ६८ जना संक्रमितको मृत्यु भइसकेको छ। ज्यान गुमाउनेमा १९ महिला र ४९ पुरुष छन्।

     

     

     


    बुधवार, आश्विन १४ २०७७०८:१९:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij