Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ललिता निवास प्रकरण : समरजंग कम्पनीका प्रमुख घिमिरे र नापी अधिकृत अर्याल पक्राउ

ललिता निवास प्रकरण : समरजंग कम्पनीका प्रमुख घिमिरे र नापी अधिकृत अर्याल पक्राउ

  • आइतवार, आषाढ २४ २०८०

  • 1.1K
    SHARES

  • ललिता निवास प्रकरण : समरजंग कम्पनीका प्रमुख घिमिरे र नापी अधिकृत अर्याल पक्राउ
    काठमाडौं ।  ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा गर्ने प्रकरणमा जोडिएका समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुवप्रसाद अर्याल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीहरूलाई आइतबार(आज) पक्राउ गरेको हो  ।
     
    घिमिरेले समरजंग कम्पनीका प्रमुखको रुपमा रहेको बेलामा सरकारी जग्गा दाबी गर्नुपर्ने समयमा दाबी नगरेका कारण हिनामिनामा उनको पनि संलग्नता रहेको प्रारम्भिक अनुसन्धानमा देखिएपछि प्रहरीले पक्राउ गरेको हो । अर्यालचाहिँ नापी अधिकृतको रुपमा जग्गा नापजाँचमा संलग्न रहेको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिनुभयो ।
     
    यो प्रकरणमा जोडिएका पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यापारी मीनबहादुर गुरुङलगायत ९ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरी अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सार्वजनिक पदधारण गरेका झण्डै डेढ सयभन्दा बढी पदाधिकारी र कर्मचारीहरू जोडिएका छन् ।
     
    ललिता निवासको १४२ रोपनी जग्गा हडप्ने कार्यमा संलग्न रहेको भन्दै यसअघि नै प्रहरीले कम्पनीका पूर्वप्रमुख रमेशकुमार पोखरेललाई पक्राउ गरिसकेको छ ।


    आइतवार, आषाढ २४ २०८००४:१७:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij