Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देउवा र आरजुबीच एउटै कार्यक्रममा 'चर्काचर्की'

देउवा र आरजुबीच एउटै कार्यक्रममा 'चर्काचर्की'

  • मंगलवार, आश्विन १३ २०७७

  • 1.6K
    SHARES

  • देउवा र आरजुबीच एउटै कार्यक्रममा 'चर्काचर्की'

    काठमाडौँ – पार्टीमा महिला प्रतिनिधित्व बढाउनुपर्ने विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी नेतृ आरजु राणाबीच एउटै कार्यक्रममा सवालजवाफ भएको छ ।

    आरजुले पदाधिकारीमा महिला आरक्षण बढाउनुपर्ने माग गरेपछि सभापति देउवाले भोटर बढाउनु चुनौती दिनुभएको हो।

    नेपाल महिला संघले आयोजना गरेको ‘महिलाको नेतृत्व र विधान तथा क्रियाशील सदस्यको सवाल’ विषयक भर्चुअल अन्तक्रियामा नेतृ आरजु राणाले कांग्रेसको शीर्ष नेतृत्व तहमा महिलाहरूका लागि आरक्षण गर्नु पर्ने माग गर्नुभएको थियो ।

    उहाँले कांग्रेसमा महिलालाई अहिलेसम्म भोटरमात्र बनाइएको बताउँदै अब पदाधिकारीमा पनि सुनिश्चितता गरिनुपर्ने माग गर्नुभयो । पार्टीमा ३३ प्रतिशत महिलाले भोट हाल्नुपर्ने तर पदाधिकारीमा सहमहामन्त्रीमा मात्रै सीमित राख्ने भन्दै राणाले आक्रोश समेत व्यक्त गर्नुभयो ।

    नेतृ राणाले पार्टीका कुन तहको कुन पदमा महिला हुनुपर्छ भन्ने उल्लेख गरेर सभापतिलाई नेतृहरूले पत्राचार गर्नुपर्ने पनि बताउनुभयो । उहाँले महिलालाई क्रियाशील सदस्यता दिने विषयमा अनेक बखेडा झिक्न नहुने बताउनुभयो । क्रियाशिल सदस्यतामा महिलाको ३३ देखि ४० प्रतिशत आरक्षण सुनिश्चत गर्नका लागि विवेक प्रयोग गर्न पनि उहाँले जिल्ला र वडा सभापतिहरुलाई आग्रह गर्नुभयो ।

    जवाफमा कांग्रेस सभापति शेरबहादुर देउवाले महिलाहरुलाई ३३ होइन ४० प्रतिशत आरक्षण दिन आफू तयार रहेको तर संसदीय निर्वाचनमा महिलाहरुले चुनाव जितेर देखाउन सक्नुपर्ने सर्त राख्नुभयो ।

    संसदीय निर्वाचनमा अरु पार्टीका नेतृहरु जित्ने तर कांग्रेसका नेतृहरु पराजित हुने क्रम रहेकोले आरक्षण भन्दा पनि भोटर बढाउन उहाँले नेतृहरुलाई आग्रह गर्नुभयो । सधैँ समानुपातिक कोटामा ल्याएर महिलाहरुको उत्थान हुन नसक्नेमा सभापति देउवाले जोड दिनुभयो ।

    समानुपातिक महिलाहरुलाई अवसर दिँदा अक्सर एउटै महिलाले मात्रै पाउने गरेको भन्दै विरोध भइरहेकोमा पनि सचेत हुनुपर्ने सभपाति देउवाको भनाई थियो । उहाँले महिलालाई ४० प्रतिशत नै क्रियाशील सदस्यता दिन आफू तयार रहेको, केन्द्रीय समितिबाट पनि पास गरिदिने तर पार्टीमा भोट बढ्नु पर्ने बताउनुभयो ।

    आगामी चुनावमा आफूलाइए प्रमाणित गर्न अहिले देखि नै तयारी गर्न नेतृहरुलाई देउवाले आग्रह गर्नुभयो ।

    नेपाली कांग्रेसमा १४ औं महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वमा महिला सहभागिताबारे बहस सुरु भएको हो । कांग्रेस विधानमा पार्टीका हरेक तहमा ३३ प्रतिशत महिला हुनुपर्ने व्यवस्था छ ।

    तर त्यो व्यवस्था अपुग रहेको भन्दै नेतृहरूले आरक्षण बढाउनु पर्ने माग गरिरहेका छन् भने देउवाले भोटर बढाएर देखाउन चुनौती दिएका छन्।


    मंगलवार, आश्विन १३ २०७७०७:४६:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij