Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

बैंकहरुले छिट्टै ब्याँजदर घटाउँछन् : अर्थमन्त्री महत

बैंकहरुले छिट्टै ब्याँजदर घटाउँछन् : अर्थमन्त्री महत

  • शनिवार, आषाढ २३ २०८०

  • 488
    SHARES

  • बैंकहरुले छिट्टै ब्याँजदर घटाउँछन्  : अर्थमन्त्री महत

    काठमाडौं। अर्थमन्त्री डा.प्रकाशशरण महतले बैंक तथा वित्तिय संस्थाहरुले छिट्टै ब्याँजदर घटाउने बताउनु भएको छ। बैंक तथा वित्तिय संस्थाहरुले चर्को ब्याँजदर असुली गरिरहेको गुनासो आइरहदा अर्थमन्त्री महतले सो आश्वासन दिनु भएको हो।

    पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ, काठमाडौंले आज आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले चर्को ब्याजदर घटाउनका लागि आफूले नेपाल राष्ट्र बैंकलाई भनेको र आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सो कुरा सम्बोधन भएर आउने विश्वास समेत व्यक्त गर्नुभयो।

    अर्थमन्त्री महतले कोभिडलगायतका समस्याका कारण मारमा परेका उद्योगी,व्यवसायीहरुलाई बैंकको ब्याँजदर घट्ने कुराले ठूलो राहत हुने बताउनुभयो ।

    उहाँले सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको उल्लेख गर्दै आन्तरिक बस्तुहरुको खपतमा जोड दिनु पनि आम उपभोक्तालाई आग्रह गर्नुभयो साथै कृषिवस्तुको खपत र रोजगारी सृजनाको क्षेत्रमा राम्रो काम गरेको भन्दै क्याटरिङ व्यवसायीहरुको पनि प्रशंशा गर्नुभयो ।

    अर्थमन्त्री महतले सरकारले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने गरी प्रोत्साहनको नीति लिएको पनि दोहो¥याउनु भयो । उहाँले कृषि अनुदान दुरुपयोग हुन नदिन सरकारले आगामी आर्थिक वर्षको बजेटमा उत्पादनको आधारमा अनुदान दिने व्यवस्था गरेको पनि स्मरण गराउनुभयो।

    अर्थमन्त्री महतले सरकारले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने चाहेको र सोही अनुसारको व्यवस्था बजेटमा नै उल्लेख गरिएको दावी समेत गर्नुभयो।


    शनिवार, आषाढ २३ २०८००४:०९:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij