काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप एक हजार ५१३ जनामा कोरोना भाइरस (कोभिड –१९) पुष्टि भएको छ । योसँगै, देशभर संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार २० हजार ३९६ जना संक्रिय संक्रमित रहेका छन् ।
काठमाडौं उपत्यकामा ९ सय ३४ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ४ सय ४७, भक्तपुरमा ७३ र ललितपुरमा ११४ जना संक्रमित थपिएका हुन् ।
७३१ डिस्चार्ज भएका छन् भने निको हुनेको संख्या ५५ हजार ३ सय ७१ रहेको छ । संक्रमण निको हुने दर ७२.६ प्रतिशत छ ।
त्यस्तै, आज १० जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ४ सय ९१ रहेको मन्त्रालयले जनाएको छ ।