Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओली र प्रचण्ड आज पनि छलफलमा, छान्लान् त मन्त्री ?

ओली र प्रचण्ड आज पनि छलफलमा, छान्लान् त मन्त्री ?

  • मंगलवार, आश्विन १३ २०७७

  • 1.1K
    SHARES

  • ओली र प्रचण्ड आज पनि छलफलमा, छान्लान् त मन्त्री ?

    काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ ।

    मन्त्रिपरिषद् पुनर्गठन, संबैधानिक आयोगहरुमा पदाधिकारी नियुक्ति र पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने विषयमा ओली र प्रचण्डबीच नियमित छलफल चलिरहेको छ । त्यसैको निरन्तरतास्वरुप उनीहरु आज पनि छलफल गरिहेका छन् ।

    गत बिहीबारदेखि ओली र प्रचण्डबीच दैनिक छलफल भइरहेको छ । प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठनको तयारी तीब्र पारेपछि पार्टीका दुई प्रमुख नेताबीच छलफल सुरु भएको हो ।

    सोमबार भएको छलफलबाट मन्त्रालय टुक्र्याउने सहमति भएको भए पनि दुई नेताले मन्त्री कसलाई बनाउने र कसलाई हटाउने भन्ने निर्णय भने गर्न सकेनन् ।

     


    मंगलवार, आश्विन १३ २०७७१२:५९:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij