Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेप्सेमा ५३.७० अंकको पहिरो, २०७ कम्पनीको सेयरमूल्यमा गिरावट

नेप्सेमा ५३.७० अंकको पहिरो, २०७ कम्पनीको सेयरमूल्यमा गिरावट

  • आइतवार, आषाढ १७ २०८०

  • 766
    SHARES

  • नेप्सेमा ५३.७० अंकको पहिरो, २०७ कम्पनीको सेयरमूल्यमा गिरावट
    काठमाडौं । सेयर बजारमा साढे २ प्रतिशतको उच्च गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार(आज) सेयर बजार परिसूचक नेप्से ५३.७० अंक (२.५ प्रतिशत) ले गिरावट हुँदा २०९७.२९ अंकका विन्दुमा बन्द भएको छ । गत साता उच्च वृद्धि भएको लघुवित्त उपसूचक सहित बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा पनि गिरावट हुँदा नेप्सेमा उच्च गिरावट भएको हो ।
     
    आज नेप्सेमा सबै उपसूचकमा गिरावट हुँदा लघुवित्त उपसूचक ४.७५ प्रतिशतले गिरावट भएको छ । यस्तै विकास बैंक उपसूचक ३.४८ प्रतिशतले वृद्धि हुँदा हाइड्रोपावर उपसूचक ३.१५ प्रतिशत र बैंकिङ उपसूचक पनि २.३८ प्रतिशतले गिरावट भएको छ ।
     
    नेप्सेका गिरावट हुँदा कारोबार रकम पनि केही घटेको छ । गत बुधबार ६ अर्ब हाराहारीको कारोबार भएको नेप्सेमा आज कारोबार रकम ५ अर्बमा झरेको छ । नेप्से घट्न लाग्दो पोर्टफोलियो होल्ड गर्ने लगानीकर्ता निष्क्रिय बन्दा बैंकको ऋण तिर्नुपर्ने ऋणीहरूले भने सेयर बिक्रीको चाप बनाउँदा नेप्सेमा उच्च गिरावट भएको हो । आज नेप्सेमा ७४ हजार ४४१ वटा कारोबारमा १ करोड १३ लाख २३ हजार १८३ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ५ अर्ब ८ करोड २० लाखको कारोबार भएको हो ।
     
    आज नेप्सेमा हिमालयन लाइफ इन्स्योरेन्सको सर्वाधिक ४२ करोड ५७ लाखको कारोबार हुँदा शिवं सिमेन्टको २७ करोड ५६ लाख र सोल्टी होटेलको २० करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
     
    आज नेप्सेमा कुल २२५ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा २०७ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै १८ कम्पनीको सेयरमूल्य भने बढेको छ । आज कारोबार भएकामध्ये बीपीडब्ल्यू लघुवित्त सोल्टी होटेलको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा एसीसी डिबेञ्चर २०८६ को मूल्य ७.७८ प्रतिशतले बढेको छ ।
     
    यता श्रृजनशील लघुवित्तको सेयरमूल्य ९.३२ प्रतिशतले गिरावट हुँदा माउन्टेन इनर्जी हाइड्रोपावरको सेयरमूल्य ९.१२ प्रतिशत र ग्रामीण विकास लघुवित्तको सेयरमूल्य ८.०१ प्रतिशतले गिरावट भएको छ ।
     


    आइतवार, आषाढ १७ २०८००४:१९:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij