काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विचार बिनाका पार्टीहरुको लहर चलेको बताउनुभएको छ ।
मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले राजनीतिक पार्टीहरु समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्ने भए पनि अहिले विचार नचाहिने पार्टीहरुको लहर चलेको बताउनुभयो ।
राजनीतिक दल र नेताहरुले गरेको योगदानको चर्चा र स्मरण गर्न नसकिएको उहाँको भनाइ छ । आफ्ना अभिभावकको योगदानको कदर गर्ने परिपाटीको अन्त्य हुँदै गएकोमा उहाँले गुनासो गर्नुभयो ।
अध्यक्ष ओलीले मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने पनि बताउनुभएको छ ।