Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ललिता निवास जग्गा प्रकरण : हिरासतमा राख्ने अनुमति लिन अदालतमा पेश गरिँदै

ललिता निवास जग्गा प्रकरण : हिरासतमा राख्ने अनुमति लिन अदालतमा पेश गरिँदै

  • बुधवार, आषाढ १३ २०८०

  • 1.1K
    SHARES

  • ललिता निवास जग्गा प्रकरण : हिरासतमा राख्ने अनुमति लिन अदालतमा पेश गरिँदै

    काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलगायतलाई हिरासतमा राख्ने अनुमति लिन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा लगेको छ ।

    मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेका उनीहरुलाई हिरासतमा राख्ने अनुमति लिन बुधबार जिल्ला अदालतमा पेश गर्दैछ । त्यसको तयारी स्वरुप बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा लगिएको हो । अब उनीहरुलाई जिल्ला अदालत काठमाडौंमा लगिने प्रहरीले जनाएको छ ।

    ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात कीर्ते गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

    अनुसन्धानको सिलसिलामा भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालयका तत्कालीन कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतम सीआईबीको हिरासतमा छन् ।


    बुधवार, आषाढ १३ २०८००२:१४:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij