Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एक हजार ३५१ जना कोरोना संक्रमित थपिए, कति भए डिस्चार्ज ?

एक हजार ३५१ जना कोरोना संक्रमित थपिए, कति भए डिस्चार्ज ?

  • सोमवार, आश्विन १२ २०७७

  • 755
    SHARES

  • एक हजार ३५१ जना कोरोना संक्रमित थपिए, कति भए डिस्चार्ज ?

    काठमाडौं । नेपालमा थप १ हजार ३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको कुल संख्या ७४ हजार ७४५ पुगेको छ ।

    आज १० हजार ८० जनाको पिसिआर परीक्षण गरिएको छ । हालसम्म नेपालमा ९ लाख ९८ हजार ४०७ जनाको पिसिआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    आज देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ छ । जसमध्ये ८ हजार ६९५ जना संस्थागत आइसोलेसनमा र १० हजार ९२९ जना होम आइसोलसनमा रहेका छन् । हाल देशभर ६ हजार ३१० जना क्वारेन्टिनमा रहेका छन ्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भएर ७४२ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ५४ हजार ६४० छ ।

    पछिल्लो २४ घण्टामा नेपालमा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४८१ पुगेको छ ।

     


    सोमवार, आश्विन १२ २०७७०४:५२:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij