Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बजेट यथास्थितिमै पारित गर्नुपर्ने बाध्यता छ : श्याम घिमिरे

बजेट यथास्थितिमै पारित गर्नुपर्ने बाध्यता छ : श्याम घिमिरे

  • मंगलवार, आषाढ १२ २०८०

  • 448
    SHARES

  • बजेट यथास्थितिमै पारित गर्नुपर्ने बाध्यता छ : श्याम घिमिरे

    काठमाडौं । नेपाली कांग्रेस नेता श्याम घिमिरेले बजेट यथास्थितिमै पारित गर्नुपर्ने बाध्यता रहेको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता घिमिरेले बजेटमा कांग्रेसभित्र मात्र नभएर अरु पार्टीमा पनि असन्तुष्टि रहे पनि यथास्थितिमै बजेट पारित गर्नुपर्ने बाध्यता रहेको स्पष्ट पार्दै अब संशोधन गर्ने समय नरहेको बताउनुभयो ।

    ३२–३३ वर्षको संसदीय इतिहासमा बजेट संशोधन गर्ने अभ्यास नभएको पनि उहाँको भनाइ छ । यतिबेला बजेट संशोधन गर्न थालियो भने लोकतन्त्र नै अनन्त भुमरीमा फस्ने अवस्था आउने नेता घिमिरेको दाबी रहेको छ ।

    यस्तै उहाँले विनियोजन विधेयक ल्याउने अभ्यास नै गलत रहेको तर्क गर्नुभएको छ ।

    अर्को फरक प्रसंगमा उहाँले पटक–पटक सरकार बदलेर राजनीतिक अस्थिरताको कारक नेपाली कांग्रेस बन्नु नहुने तर्क गर्नुभयो ।

    पार्टी नेतृत्वले ११ महिनासम्म केन्द्रीय समितिको बैठक प्राथमिकतामा नराखेको आरोप पनि उहाँले लगाउनुभयो ।


    मंगलवार, आषाढ १२ २०८०११:४१:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij