Sep 09 2026 | २०८३, भाद्र २४ गते

२०८३, भाद्र २४ गते
  • यो साता चर्चामा :
images

जसपाको विधान अधिवेशन जारी, आज समूहगत छलफल हुने

जसपाको विधान अधिवेशन जारी, आज समूहगत छलफल हुने

  • सोमवार, आषाढ ११ २०८०

  • 552
    SHARES

  • जसपाको विधान अधिवेशन जारी, आज समूहगत छलफल हुने
    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन जारी रहेको छ । हिजोबाट सुरु भएको अधिवेशनको दोस्रो दिन सोमबार(आज) पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधानमाथि छलफल हुँदैछ । छलफलका लागि सहभागीलाई १० समूहमा विभाजन गरिएको छ ।
     
    हिजो अध्यक्ष यादवले मस्यौदा विधान प्रस्ताव गर्नुभएको थियो। सोही प्रस्तावित विधानमा आजबाट समूहगत छलफल हुन लागेको हो । अधिवेशनमा केन्द्रीय कमिटीका ४ सय १० सदस्यका साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ सङ्गठनलगायत देशभरी तथा प्रवाससमेतबाट गरी करिब ८०० प्रतिनिधिहरू सहभागी छन् ।
     
    पुनः एकल नेतृत्वमा फर्काउने जसपा नेपालको विधान पारित भएमा अध्यक्ष यादव पुनः शक्तिशाली बन्नुहुने छ।  विधानले ७० वर्षे उमेर हदको व्यवस्थाका साथै एक व्यक्ति एउटै पदमा दुई कार्यकाल भन्दा बढी बस्न नपाउने जस्ता नयाँ व्यवस्था राखेर विधान प्रस्तुत गरिएको छ । 


    सोमवार, आषाढ ११ २०८००६:५३:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij