Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

काठमाडौं–बेइजिङ सिधा उडान शुरु

काठमाडौं–बेइजिङ सिधा उडान शुरु

  • शनिवार, आषाढ ९ २०८०

  • 904
    SHARES

  • काठमाडौं–बेइजिङ सिधा उडान शुरु

    काठमाडौं। आजदेखि काठमाडौं–बेइजिङ सोझो हवाई उडान सुरु भएको छ ।आज बिहान काठमाडौंबाट प्रस्थान गरेको हिमालय एअरलाइन्सको विमान बेइजिङ पुगेको छ। उडान नम्बर एच नाइन ६६५ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ७ बजेर ४० मीनेटमा प्रस्थान गरेको थियोे ।

    उक्त विमान बेइजिङस्थित तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयानुसार दिउँसो २ बजेर १५ मीनेटमा अवतरण भएको हो। चार घण्टा ४५ मीनेटमा बेइजिङ पुगेको विमान स्थानीय समयअनुसार दिउँसोे ३ बजेर २५ मीनेटमा काठमाडौं प्रस्थान गरेको छ ।

    विमान काठमाडौंमा साँझ ६ बजेर ३० मीनेटमा अवतरण हुनेछ। आजदेखि काठमाडौं र बेइजिङबीच नियमित उडान सञ्चालन भएको हिमालय एअरले जनाएको छ।


    शनिवार, आषाढ ९ २०८००४:२९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij