Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा झिनो अंकको सुधार, कारोबार रकम ३ अर्ब ४४ करोडमाथि

सेयर बजारमा झिनो अंकको सुधार, कारोबार रकम ३ अर्ब ४४ करोडमाथि

  • बिहिवार, आषाढ ७ २०८०

  • 623
    SHARES

  • सेयर बजारमा झिनो अंकको सुधार, कारोबार रकम ३ अर्ब ४४ करोडमाथि
    काठमाडौं । पछिल्ला ३ दिन घट्दो अवस्थामा रहेको सेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार(आज) झिनो अंकको वृद्धिसहित बन्द भएको छ। सेयर बजार आज ४.७५ अंकको वृद्धि भएको छ। उक्त अंकको सुधारले नेप्से २०५५ अंकमा कायम भएको छ। कारोबार रकम भने ३ अर्ब ४४ करोड ४८ लाखमाथिको कारोबार भएको छ। 
     
    आज ७४ कम्पनीको मूल्य बढे तापनि १४७ कम्पनीको मूल्यमा भने गिरावट आएको छ। त्यस्तै, ४ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ। 
     
    तारागाउँ रेजेन्सी, ओरियण्टल होटेल, कालिञ्चोक दर्शन, बीपीडब्लू लघुवित्तको मूल्यमा १० प्रतिशत वृद्धि हुँदै सकारात्मक सर्किट लागेको छ। त्यस्तै, सीटी होटेलको मूल्य पनि ९.९८ प्रतिशतले बढेको छ। 
     
    यस्तै, उपसमूहतर्फ सबैभन्दा धेरै होटेलले कमाएको छ। होटेल उपसमूहको ४४८ अङ्कले वृद्धि भएको छ। त्यस्तै, जीवन बीमाको ३५९, निर्जीवन बीमाको २९५ अङ्कले सुधार आएको छ।


    बिहिवार, आषाढ ७ २०८००३:३१:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij